पशुपतिनाथमा एक पटकमा १० जनालाई मात्र प्रवेश

Sharing is caring!

चैत्र ९, २०७६ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै, बिद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढि मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ ।

त्यस्तै गरि पशुपतिनाथनाथको मन्दिरमा गरिने बिशेष पूजालाई अक्रो सूचना नभएसम्मका लागि स्थगत गरिएको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतिमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *