प्रधानमन्त्री दाहालसँग भाषा आयोगका पदाधिकारीको भेट

Sharing is caring!

असोज १८, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा उनीहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस प्रस्तुत गरेका थिए ।
त्यसैगरि भेटवार्तामा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।

त्यस्तै, आज नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र त्यसको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।

त्यसैगरि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसहित आएको प्रतिनिधि मण्डलले पनि प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *