‘बलिदान’मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित

Sharing is caring!

चैत २२, २०८० । निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले पनि अभिनय गर्ने भएकी छन् । फिल्ममा काम गर्न अभिनेत्री शर्मासँग लिखित सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । फिल्ममा शर्माको भूमिका कस्तो हुने भन्ने उनले खुलाएका छैनन् ।

आगामी वर्ष २०८१ मा रिलिज हुने फिल्ममा यसअघि प्रमुख अभिनेताका रुपमा समीर भट्ट अनुबन्धित भइसकेका छन् । समीर अभिनेता विराज भट्टका छोरा हुन् । उनले यही फिल्मबाट नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन् ।

निर्देशक सेनले देशको अस्मिता जोगाउन एक युगपुरुष कसरी जन्मिछ भन्ने कथा फिल्ममा देखाइने बताए । ‘परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलीको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिलहरूलाई समाप्त पर्ने बेला आइसक्यो भन्ने सन्देश फिल्मले दिनेछ,’ उनले भने ।

आसुसेन फिल्मस तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड विष्ट तथा सह निर्माता प्रेम पुरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *