महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छ : नेता कोईराला

Sharing is caring!

असोज २७, २०८० । नेपाली काङ्ग्रेसका नेता शशांक कोईरालाले महिलाहरुको सम्मान गर्ने हो भने मात्रै नेपाली काङ्ग्रेसको भलो हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा स्मारिका विमोचन कार्यक्रममा उनले हामीले महिलाहरुलाई सधैँ ब्याक बेन्चमा राखेको भन्दै महिलाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउँनु पर्ने बताए ।

उनले भने, ‘हामीले महिलाहरुलाई सधैँ ब्याक बेन्चमा राखेका छौ, त्यसैले पनि काङ्ग्रेस तल परेको छ । महिलालाई अगाडि सार्ने, महिलालाई नै अगाडि बढाउँनु पर्छ । हामीले महिलाहरुलाई अगाडि राख्नु पर्छ । आजको मितिमा पनि म भन्छु महिलाहरुलाई प्राथमिकता दिनै पर्छ । ’

उनले प्रतिशतको कुरा गरे महिलाहरुको अपमान गर्ने गरेको भन्दै प्रतिशत होईन अवसर दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *