यू–१९ एसिया कप : नेपाल अफगानिस्तासँग पराजित

Sharing is caring!

मंसिर २४, २०८० । यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १ सय ८८ रनमा अलआउट हुन पुग्यो ।

ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनीसँग कुनै खेलाडी रहेनन् । अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए । उनले १ सय ८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए ।

अर्का ओपनर विपित रावल शुन्य रनमा पेविलियन फर्कदा दिपक बोहोरा १५ र कप्तान देव खनाल २४ रनमा आउट भएका थिए । पाकिस्तानविरुद्ध अर्धशतक हानेका उत्तम मगर ४, आकाश त्रिपाठी शुन्य, गुलसन झा १७, दिपेश कँडेल ११, सुबास भण्डारी ८, हेमन्त धामी शुन्य रनमा पेविलियन फर्किएका थिए ।

पाकिस्तानका फरिदुन दाउदजइ र नसिर खान मारुफखिलले समान ३ तथा मोहम्मद यूनुसले २ विकेट लिएका थिए ।
वाहिदुल्लाह जादरान र खलिल अहमदले समान एक एक विकेट झारेका थिए । यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।

नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *