भारतीय मोडल पुनम पाण्डेको निधन

Sharing is caring!

माघ १९, २०८० । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेबु्रअरी १ को राती निधन भएको हो । निधनबारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आज जानकारी दिइएको हो । ३२ वर्षीया पुनमले कानपुरस्थित निवासमा अन्तिम श्वास फेरेकी थिइन् ।

यो बिहान हाम्रा लागि कठिन छ । तपाईंलाई यो कुरा बताइरहँदा हामीलाई दुःख लागेको छ कि हामीले प्यारी पुनमलाई सर्वाइकल क्यान्सरबाट गुमायौं । जो मानिस उनको सम्पर्कमा आए, उनीहरुबाट उनले माया पाइन् । दुःखको यो घडीमा हामी गोपनियताको अनुरोध गर्दछौं र हामीसँग बाडिएका हरेक कुराका लागि उनलाई प्रेमपूर्वक सम्झनेछौं’, पुनमको इन्स्टाग्राममा लेखिएको छ ।

पुनमले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी बलिउडको विवादास्पद मोडलका रुपमा परिचित थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *