संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको छ : प्रधानमन्त्री

Sharing is caring!

फागुन २५, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शुक्रबार शुक्रबार सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिलाहरू राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महत्वपूर्ण प्रतिनिधित्व गर्न सफल भएको बताए ।

‘नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ ।’

प्रधानमन्त्री दाहालले महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवद्र्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले निरन्तर पहल गर्दै आएको बताए ।

‘तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पु¥याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पु¥याउँछ ।’

उनले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । ‘महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यवहारिक प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *