भारतमा लोकसभाको निर्वाचन १९ अप्रिलदेखि हुने

Sharing is caring!

चैत ३, २०८० । भारतमा आउँदोे अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ ।

भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन् ।
आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ । ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ ।

नतिजा जुन ४ मा सार्वजनिक हुने छ । भोटिङदेखि नतिजा आउन ४६ दिन लाग्नेछ । लोकसभासँगै ४ राज्य आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक भएको गरिएको छ ।
भारतको आउँदो चुनावमा ९७ करोड मतदाताले मतदान गर्ने छन् । १० लाख ५० हजार मतदान केन्द्र हुनेछन् । यसैगरी यसपटक ५५ लाख ईभीएम प्रयोग हुनेछन् ।

प्रमुख निर्वाचन आयुक्तले हिमालयदेखि समुन्द्र र मरुभूमिदेखि वर्षा उत्तरपूर्वीसम्मका बुथमा समान सुविधा हुने बताए । ८५ वर्षभन्दा माथिका सबै मतदाता वा अपाङ्गता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइनेछ । जब तिनीहरू बुथमा आउँछन्, आयोग स्वयंसेवकहरूले तिनीहरूलाई सहयोग गर्नेछन् ।

निर्वाचनमा वुथमा पर्चा पमप्लेटहरु प्रयोग गर्न पाइने छैन् । मतदातालाई उम्मेदवारको बारेमा एपमार्फत जानकारी गराइने छ । यसैगरी चुनावी काममा करार कर्मचारी वा स्वयंसेवक खटाइने छैन ।

लोकसभाको निर्वाचनमार्फत वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि सत्तामा आउने प्रयासमा छन् भने कांग्रेस आइ लगायतले अहिलेसम्म प्रधानमन्त्रीको रुपमा कसैलाई पनि अघि सारेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *