सरकार आफैँ तस्करीमा संलग्न रहेको अध्यक्ष ओलीको आरोप

Share this news:

भदौ २५, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् । तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गरे ।

सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन् । उनले भने, जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।

उनले तेजाव आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए ।

उनले भने, यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् । राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उनले सञ्चारमाध्यमलाई सुझाव दिए ।

उनले भने, यो तेजाव आक्रमण विरुद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउँन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ । थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *