हुम्लामा जीप दुर्घटना : २ को मृत्यु, ६ जना घाइते

Sharing is caring!

चैत १०, २०८० । हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले बताए ।

दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *