गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हरायो

Share this news:

वैशाख २९, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफ होडमा आफूलाई कायमै राख्न सफल भएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३१ रनको योगफल तयार पारेको थियो । जवाफमा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रनमा समेटियो । हारपछि चेन्नईको प्लेअफ पुग्ने बाटो कठिन भएको छ । अब बाँकी रहेका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दा मात्रै प्लेअफ पुग्ने बाटो खुल्ने छ ।

चेन्नई सुपर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि गुजरात टाइटन्सले राम्रो सुरुवात गरेको थियो । गुजरातका शुभमन गिल–साई सुदर्शनको जोडीले पावरप्लेमा विकेट जोगाएर ५८ रन बनाए । गिल र सुदर्शनले आ–आफ्नो अर्धशतक पूरा गरे र त्यसपछि शतक बनाउन पनि सफल भए । यस क्रममा गुजरातले १० औं ओभरमा १०० र १७ औं ओभरमा २०० रनको अंक पार गरेको थियो । यो साझेदारी १८औं ओभरमा टुंग्यिो । सुदर्शनले शतक पछि ५१ बलमा १०३ रन बनाएर आउट भए । यस क्रममा उनले आईपीएलमा सबैभन्दा छिटो एक हजार रन बनाउने भारतीय क्रिकेटरको कीर्तिमान बनाए ।

शुभमन गिल पनि आफ्नो शतकपछि धेरै समय टिक्न सकेनन् । उनी १८ औं ओभरमा आउट भए । उनको ब्याटले ५५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १०४ रनको पारी खेलेको थियो । शाहरुख खान पनि अन्तिम ओभरमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने डेभिड मिलरले ११ बलमा १६ रन बनाएर नटआउट रहे । चेन्नई सुपर किंग्सका बलरले अन्तिम ५ ओभरमा ४१ रन मात्र दिएका कारण गुजरात टाइटन्सको टोली बलियो स्थितिमा रहे पनि २५० रनको स्कोरमा पुग्न सकेन । चेन्नईका तुषार देशपाण्डेले दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किंग्सको सुरुवात निकै खराब रह्यो । ओपनिङमा आएका अजिंक्य रहाणे र रचिन रविन्द्र १–१ रन बनाएर आउट भएका थिए । कप्तान रुतुराज गायकवाडले खाता पनि खोल्न सकेनन् । कमजोर पारीलाई डेरिल मिचेल–मोइन अलीको जोडीले सम्हालेको थियो । दुवैले शतकीय साझेदारी गर्दै स्कोरलाई १०० भन्दा माथि पुर्याए । यो साझेदारी १३ औं ओभरमा मोहित शर्माले तोडेका थिए । मिचेल ३४ बलमा ७ चौका र तीन छक्का सहित ६३ रन बनाएर आउट भएका थिए ।

मोइन अलीले पनि अर्धशतक बनाए । तर उनी पनि ३६ बलमा ५६ रन बनाएर १५ औं ओभरमा आउट भए । शिवम दुबेले २१ रन र रविन्द्र जडेजाले १८ रनको योगदान दिए । योसँगै एमएस धोनीले ११ बलमा २६ बलमा नटआउट पारि खेले पनि जित दिलाउन सकेनन् । गुजरात टाइटन्सका लागि मोहित शर्माले सर्वाधिक तीन र राशिद खानले दुई विकेट लिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *