एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

Sharing is caring!

भदौ २४, २०८० । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

समूह चरण ए मा परेका यी दुवै टिमबीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ । सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।
सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो ।

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *