यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

Sharing is caring!

माघ ६, २०८० । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६.२ ओभरमा १०३ रनमा समेटियो ।

पाकिस्तानका लागि ्शाहजेव खानले शतकीय पारि खेले । उनले १०६ रन बनाउँदा कप्तान साद बागले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । यसैगरी रइज उल्लाहले ४६ रन बनाउँदा उविद साहले २२ तथा सयमुल हुसेनले १७ रन जोडे ।

अफगानिस्तानका खलिल अहमदले ४ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे । २८५ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले कुनै पनि बेला पाकिस्तानमाथि दबाब बनाउन सकेन । अफगानिस्तानका नुमान साहले २६ रन बनाउँदा रहिमुल्लाह जुर्माटी र सोएल खानले २०–२० रन बनाए ।

हुसेन इसाखिलले १९ रन बनाउनु बाहेक अरुले विर्सन लायक प्रदर्शन गरे । पाकिस्तानका उविज साहले सर्वाधिक ४ विकेट लिँदा मोहम्द जेसनले ३ विकेट हात पारे । जितसँगै पाकिस्तानले समूह डीमा २ अंक बनाएको छ ।

यो समूहमा नेपाल पनि रहेको छ । नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *