आइसीसी टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको विजयी सुरुवात

Share this news:

जेठ २२, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो । ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटिएको थियो । यो टी–२० मा श्रीलंकाको सबैभन्दा कम स्कोर पनि हो । ७८ रनको सामान्य लक्ष्य पूरा गर्नका लागि दक्षिण अफ्रिकाले १६.२ ओभर खेल्दै ४ विकेट गुमाउनु पर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको सुरुवात खासै राम्रो हुन सकेन र चौथो ओभरमा १३ रनको स्कोरमा पहिलो विकेट गुमायो । पाथुम निसान्का ३ रन बनाएर आउट भएका थिए । श्रीलंकालाई आठौं ओभरमा दोस्रो झट्का लागेको थियो र कामिन्दु मेन्डिस ११ रन बनाएर आउट पभेलिएन फर्किए । यसपछि विकेट झर्ने क्रम सुरु भयो र श्रीलंकाका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै आउट भए । कप्तान वानिन्दु हसरंगा र सादिरा समाराविक्रमाले खाता पनि खोल्न सकेनन् भने कुसल मेन्डिस १९ र चरित असालान्का ६ रन बनाएर आउट भए । यसरी १२ औं ओभरमा श्रीलंकाको स्कोर ६ विकेटको नोक्सानीमा ४५ रन बनेको थियो ।

श्रीलंकाले १३ औं ओभरमा ५० रन पुरा गरेपनि कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । अनुभवी दासुन शनाकाले ९ रनको योगदान दिए । योसँगै एन्जेलो म्याथ्युजको ब्याटबाट १६ रन आए । तल्लो क्रमका ब्याट्सम्यानले खास केही गर्न सकेनन् र महिष तिक्षानाले एक छेउमा ७ रन बनाएर अविजित रहे । यसरी श्रीलंकाको इनिङ्स २०औं ओभरमा ७७ रनमा सिमित भयो, जुन यसको सबैभन्दा कम टी–२० अन्तर्राष्ट्रिय कुल पनि थियो । दक्षिण अफ्रिकाका लागि एनरिच नोर्टजेले सर्वाधिक ४ विकेट लिए ।

सानो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात पनि खास आकर्षक भने रहेन । ओपनर रीजा हेन्ड्रिक्सले ४ रन बनाएर दोस्रो ओभरमा आउट भए । कप्तान एडेन मार्करामले पनि ठूलो इनिङ खेल्न सकेनन् र पाँचौं ओभरमा १४ बलमा १२ रन बनाएर पभेलियन फर्किए ।

क्विन्टन डी कक र ट्रिस्टन स्ट्रब्सले ५० रन बनाए । त्यहाँबाट हेनरिक क्लासेन १९ र डेभिड मिलर ६ रन जोड्र्दै ले आफ्नो टोलीलाई थप क्षति हुन नदिएर जित दिलाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *