‘जनतालाई आपत विपद् पर्दा सरकार तत्काल उपस्थित हुनुपर्छ’

Share this news:

जेठ १४, २०८१ । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभुति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उनको भनाइ थियो ।

सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याए । उनले परेको बेला जनधन जोगाउन सकिएन भने अन्य बेलामा सरकारको उपस्थितिका अर्थ नहुने बताए ।

उनले भने,‘आम जनताले सरकार छ भन्ने अनुभुति गर्ने भनेको नै विषेशगरी आपत विपद् पर्दा हो । तर आपत विपद् पर्दा नै सरकार उपस्थित हुन सकेन भने र जनधन जोगाउन सकेन भने सरकारले आफ्नो उपस्थिति यहाँ छु भनेर मात्र हुँदैन । त्यसैले आम जनतालाई आपत विपद् पर्दा नै सरकार उपस्थित हुने कुरा महत्वपूर्ण हुन्छ । यसमा तयारी गर्नुहोस् ।’

मन्त्री लामिछानेले कार्ययोजना बनाउँदा कार्यविधि बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । प्रत्येक वर्ष एक वर्षका लागि विशेषगरी मनशुनको लागि एउटा कार्यविधि बनाउनुपर्ने र कार्यविधि बनाएर अधिकार दिनुपर्ने बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *