संघीय निजामती सेवा विधेयक छिटै कार्यान्वयनमा जाने : सभापति खतिवडा

Sharing is caring!

चैत ७, २०८० । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा प्रस्तुत भएको उल्लेख गर्दै छिटै कार्यान्वयनमा जाने बताएका छन् ।

बुधबार नेपाल जनप्रशासन संघद्धारा काठमाडौंमा आयोजित संघीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा सभापति खतिवडाले लामो समयपछि संघीय निजामती सम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसमा पर्याप्त छलफलको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नियम कानुन र ऐनहरु जति निर्माण गरिन्छ, हाम्रा लागि भन्दा पनि सम्बन्धित समस्याबाट गुज्रेकाहरुका लागि हो । धेरै पहिले निर्माण भएको संघीय निजामती सेवासम्बन्धी विधेयक फेरि संसदमा प्रस्तुत भएको छ । यसमा अझै केही परिमार्जनहरु आवश्यक छन् । जस्ताको तस्तै पारित हुने सम्भावना एकदम कम देखेको छु । स्थानीयलाई संघमा ल्याउने कि नल्याउने प्रदेशलाई संघको अधिकार दिने कि नदिने यावत विषयहरु छन् । लामो समयपछि आएका छौं । पछि पछुताउने गरि निर्णय नगर्ने योजनामा हामी छौं ।’

सभापति खतिवडाले विधेयक विशेषगरि कर्मचारीको हकहित र जनताको सरोकारका लागि निर्माण गरिएको उल्लेख गर्दै सबै पक्षको सकारात्मक प्रतिक्रियालाई समावेश गर्दै अगाडि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *