इटहरीमा गर्‍यो पेट्रोल मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण

Sharing is caring!

माघ ४, २०८० । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो ।

उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँगको सम्झौतामा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।

देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्न सक्षम रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *