नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग चौबिस घण्टा खुला

Sharing is caring!

चैत २९, २०८० । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई पूर्णकालीन खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै ठमेल र दरबारमार्ग क्षेत्र शनिबारदेखि चौबिस घण्टा खुला राख्ने घोषणा गरेका हुन् ।

संघीय राजधानीको दुवै व्यवसायिक क्षेत्र भएकाले उल्लेख गर्दै चौबिस घण्टा खुला राख्दा आर्थिक गतिविधि चलायमान हुनुका साथै थप रोजगारी सिर्जना दुवै संस्थाको दाबी छ । दुवै क्षेत्रलाई चौबिस घण्टा खुला राख्न लामो समयदेखि माग हुँदै आएको थियो । सरकारले सकारात्मक संकेत गरेपछि दुवै संस्था घोषणा गर्न अघि सरेका हुन् । व्यवसाय सञ्चालन भएपछि ठमेल क्षेत्रमा करिब ६० हजार नयाँ रोजगारी सिर्जना भएको ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा व्यवसाय सुरु भएपछि ठमेल क्षेत्रमा करिब ६० हजार नयाँ रोजगारी सिर्जना भएको छ । दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ठमेलमा आठ हजार पाँच सय व्यवसायीले आफ्नो व्यवसाय चलाएका छन् । अब २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा व्यवसाय र रोजगारी बढ्नुका साथै राज्यलाई राजस्व संकलनमा वृद्धि हुनेछ ।’

बोर्डका अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए । ठमेलको सातघुम्ती, चाक्सीबारी, ज्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिने उनको भनाइ छ ।

आचारसंहिताअनुरूप मापदण्ड नपुगेका व्यवसायलाई भने वैशाख २ गतेदेखि बन्द गरिने जानकारी कार्यक्रममा दिइयो । मापदण्ड पूरा गर्न समयसीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने, पालना नभए कानुनी दायरामा ल्याइने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *