आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

Sharing is caring!

माघ १०, २०८० । आगो ताप्ने क्रममा मोरङको कटहरीमा एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर सिकिस्त घाइते भएकी महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जलेर घाइते भएकी कटहरी गाउँपालिका–२ की ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

घरअगाडि आँगनमा बालेर ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर उनी केही दिनअघि घाइते भएकी थिइन् ।

उनको विरानगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको थियो । शरीरका विभिन्न भाग जलेर सिकिस्त भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *