आठौं घरजग्गा मेला आजदेखी सुरु

Sharing is caring!

पुस १२, २०८० । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आठौं घरजग्गा मेला आजदेखी सुरु भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहेको छ ।

उक्त मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री पनि प्रदर्शनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *