महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनले तरंगित रास्वपा

Share this news:


असार १४, २०८१ । महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सभापति रवि लामिछानेसमक्ष पेस भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तरंग पैदा भएको छ ।

देशका बिभिन्न क्षेत्र पुगेर महामन्त्री मुकुल ढकालले समीक्षा प्रतिवेदन तयार पारेका थिए । उनले बुधबार उक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

उक्त प्रतिवेदनका सन्दर्भमा छलफल गर्न रास्वपाले यही असार १९ गते केन्द्रिय समितिको बैठक बोलाएको छ । जहाँ समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

रास्वपाका सांसद शिशिर खनाल महामन्त्री ढकालले पार्टी सभापतिसमक्ष पेश गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताउँछन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए ।

‘स्वभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरु हाम्रै पार्टी पंक्तिका साथीहरुले नभनेका कुरा चाहीँ होइनन् । महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो’ उनले भने ।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको बताए । तयार प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने उनले बताए ।

‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि रु केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो । उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौ । अध्ययनको आधारमा निष्कर्षहरु निकालिन्छ’ खनालले भने ।

महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

प्रतिवेदनमा पूराना राजनीतिक दलहरुसँगको सहकार्यको विषय उठाइरहेको छ । अहिलेको अवस्थामै अगाडि बढे २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न नसक्ने भनिएको छ । यही विषयले राजनीतिक तरंग ल्याएको हो ।

साथै, काठमाडौं महानगरपालकाका मेयर बालेन साहसँग दूरी बढाए थप क्षति स् हुने पनि प्रतिवेदनको सार छ । महामन्त्री ढकालले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका बालेनसँग सहकार्य गरेर अघि बढ्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेका हुन् । रास्वपाले बालेन सहित धनगढी उपमहानगरपालिकामा निर्वाचित मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने प्रतिवेदनमा लेखेका छन् । बालेन, धनगढीका मेयर गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को चुनावमा बहुमत ल्याउन सकिने पनि महामन्त्री ढकालको दाबी छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *