प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

Share this news:

मंसिर २१, २०८० । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचरबीच बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर बुधवार बिहान नेपाल आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *