डेढ वर्षपछि बोलकोटमा सभापति देउवा

Share this news:

असार १६, २०८१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न पत्नी आरजु राणासहित देउवा ओली निवास बालकोट पुगेका हुन् । नेताहरूका अनुसार उनीहरूबीच करिव सवा दुई घण्टा कुराकानी भएको छ ।

प्रमुख प्रतिपक्षी दलको नेता प्रमुख सत्ताघटक एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा फरार रहेकाहरू पक्राउ पर्न थालेका छन् । शनिवार मात्रै प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । शुक्रबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।

बादल गृहमन्त्री भएका बेला उनी स्वकीय सचिव बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यसैगरी, सर्वोच्च अदालतमा पनि चार जना न्यायाधीशको पद रिक्त छ । यो विषयमा पनि शीर्ष नेताहरू संवादमा छन् ।

कांग्रेस र एमालेबिच सत्ता सहकार्यको समेत चर्चा भइरहेका बेला ओली र देउवाबिच भेटवार्ता भएको हो ।

गत फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको नेताहरू बताउँछन् ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी परियोजनामा सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डेढ वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । त्यसपछि शनिबार देउवा बालकोट पुगेका हुन् ।

ओली र देउवाको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने कतिपय नेताहरूको दाबी छ ।

३० फागुन २०८० मा प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले देशका समस्याबारे कुरा गर्न खोज्दा कांग्रेसले नमानेको बताएका थिए ।

पछिल्लो तीन वर्षयता कांग्रेससँग पटकपटक संवाद गर्न खोजे पनि नमानेको उनले बताएका थिए । ‘यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन,’ ओलीले भनेका थिए, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’

ओलीले यस्तो भनेको साढे तीन माहिनापछि देउवा बालकोट पुगेका हुन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *