एसियाडमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा सम्मान

Sharing is caring!

असोज २४, २०८० । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एसियाडमा पदक जित्ने खेलाडिलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले एसियाडमा पदक जितेका खेलाडिलाई माला लगाएर बधाई ज्ञापन गर्नुका साथै थप सफलताका लागि शुभकामना दिए ।

‘कबड्डी र कराँतेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना !’ उनले भने ‘मैले जाँदा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु ।’

त्यस्तै उनले खेलाडिको प्रोत्साहको लागि दिने भनिएको रकम अबको एक हप्तामा निकासा हुने पनि जानकारी गराए । ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’ उनले भने ‘अरु देशको तयारी तपाईंले देख्नु भयो। हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो। केहि अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नु भो।’

त्यस्तै आफूले संयुक्त राष्ट्र संघबाट र खेलाडिहरुले चीनबाट विश्वमा नेपालको नाम स्थापित भएको तर्क गरे । ‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ। ’ उनले भने ‘ सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’

सम्मानित खेलाडिहरुले सरकार तथा प्रधानमन्त्रीले पु¥याएको हौसलाका लागि धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *