दुधको भुक्तानी गर्न तत्काल पहल कदमी लिनुहोस् : महेश बर्तौला

Sharing is caring!

चैत २१, २०८० । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गरेका छन् ।

आज बुधबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्दै दुधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गरे ।
उनले भने, ‘यो देश कृषिप्रधान देश हो । सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु ।’

उनले बिचौलिया हावी भएको कारण किसानहरुले रासायनिक मल पाउन कठिनाई भएको बताए । सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गरे ।
उनले भने,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन् । विचौलिया हावी भइरहेको छन् । त्यसैले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *