Uncategorized - Hitkhabar https://hitkhabar.com/category/uncategorized/ The new era of Information Tue, 30 Apr 2024 05:46:52 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg Uncategorized - Hitkhabar https://hitkhabar.com/category/uncategorized/ 32 32 इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने https://hitkhabar.com/victory-assembly/ https://hitkhabar.com/victory-assembly/#respond Tue, 30 Apr 2024 05:45:38 +0000 https://hitkhabar.com/?p=28523

वैशाख १८, २०८१ । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार

The post इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने first appeared on Hitkhabar.

The post इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने appeared first on Hitkhabar.

]]>

वैशाख १८, २०८१ । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए ।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।

The post इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने first appeared on Hitkhabar.

The post इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/victory-assembly/feed/ 0
लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री https://hitkhabar.com/prachanda-mentioned-that-nepal-is-a-suitable-destination-for-investment/ https://hitkhabar.com/prachanda-mentioned-that-nepal-is-a-suitable-destination-for-investment/#respond Sun, 28 Apr 2024 07:19:31 +0000 https://hitkhabar.com/?p=28404

वैशाख १६, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर

The post लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् ।

‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार यहाँ उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने,‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

The post लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/prachanda-mentioned-that-nepal-is-a-suitable-destination-for-investment/feed/ 0
नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल https://hitkhabar.com/an-appeal-for-unity-and-polarization-between-communist-revolutionaries-and-left-wing-progressive-forces/ https://hitkhabar.com/an-appeal-for-unity-and-polarization-between-communist-revolutionaries-and-left-wing-progressive-forces/#respond Mon, 22 Apr 2024 04:55:49 +0000 https://hitkhabar.com/?p=27898

वैशाख १०, २०८१ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता

The post नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल first appeared on Hitkhabar.

The post नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल appeared first on Hitkhabar.

]]>

वैशाख १०, २०८१ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणका लागि अपिल गरेका छन् ।

सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणको आवश्यकता रहेको बताएका हुन् ।

 ‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउनेछ,’ दाहालले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन पनि हो ।’

दाहालले नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको भन्दै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको दाबी गरेका छन् ।

उनले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु सबैको जिम्मेवारी हुने बताएका छन् ।

The post नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल first appeared on Hitkhabar.

The post नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/an-appeal-for-unity-and-polarization-between-communist-revolutionaries-and-left-wing-progressive-forces/feed/ 0
कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै https://hitkhabar.com/vote-of-confidence-withdrawn/ https://hitkhabar.com/vote-of-confidence-withdrawn/#respond Thu, 18 Apr 2024 07:16:56 +0000 https://hitkhabar.com/?p=27605

वैशाख ६, २०८१ ।  कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले

The post कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै first appeared on Hitkhabar.

The post कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै appeared first on Hitkhabar.

]]>

वैशाख ६, २०८१ ।  कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले आज (बिहीबार) संकल्प प्रस्ताव पेस गर्दै छन् ।

केन्द्र सरकारमा गठबन्धन गरेका एमाले र माओवादीले पुरानो गठबन्धनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि राजीनामा गराउन भनेर दबाब बढाईरहेका छन् ।

आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनीहरुले त्यही उदेश्यका लागि संकल्प प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । आज प्रस्तुत हुने प्रस्ताव भोलि शुक्रबार छलफलमा पेश गरिने भएको छ ।

संघको गठबन्धन फेरिएपछि कोशी लगायतका सबैजसो प्रदेशको समीकरणमा हलचल आईरहेको छ । मुख्य दलहरुले संघकै सहमति अनुसार प्रदेशहरुमा पनि सत्तामा भागबण्डा गर्न प्रयास गरिरहेका छन् ।

कोशीमा नेपाली कांग्रेस सरकारमा भएपनि प्राविधिक रुपमा बहुमतमा र राजनीतिक रुपमा अल्पमतमा देखिन्छ । संकल्प प्रस्ताव दर्ता भएर छलफल सुरु भएपछि कांग्रेसले आफ्नो रणनीतिक चाल चल्नथाल्ने बुझिएको छ ।

प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेका प्रवक्ता शमशेर राईले संसदको प्रक्रिया अगाडि बढेपछिको अवस्थालाई समीक्षा गरेर आवश्यक कदम चालिने बताए ।

एमालेले भने कोशीको राजनीतिलाई प्रतिष्ठाको प्रश्न बनाएको देखिन्छ । यसअघि एमालेकै नेताहरुले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कांग्रेस र माओवादीको गठबन्धन बनेपछि एमाले सत्ताबाट हात धुन वाध्य भएको थियो ।

अहिले माओवादीसँग सरकारमा सहकार्य सुरु भएपछिको अवसर उपयोग गर्दै कोशीको सत्ता फेरि आफ्नै हातमा फर्काउन एमाले सक्रिय देखिएको छ ।

माओवादी भने विगतमा कांग्रेसले धोका दिँदा आफ्नो अवस्था खस्किएको ठान्दै यसपटका मुख्यमन्त्रीलाई सत्ताच्युत गराएर त्यसको बदला लिन एमालेसँग सहकार्य गरिरहेको देखिन्छ ।

यसपटक मुख्यमन्त्री कार्कीले आफूहरुलाई चुनौति दिँदै राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिएको निष्कर्षमा पुगेका एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गर्न लागेका हुन् ।

संकल्प प्रस्तावमा मुख्यमन्त्रीले यही वैशाख २५ भित्र राजीनामा दिएर विश्वासको मत लिनुपर्ने सर्त राख्दै अन्यथा मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने प्रस्ताव गरिएको छ ।

The post कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै first appeared on Hitkhabar.

The post कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/vote-of-confidence-withdrawn/feed/ 0
नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा https://hitkhabar.com/gagan-kumar-thapa/ https://hitkhabar.com/gagan-kumar-thapa/#respond Tue, 26 Mar 2024 11:49:24 +0000 https://hitkhabar.com/?p=26192

चैत १३, २०८० । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् । मंगलबार

The post नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा first appeared on Hitkhabar.

The post नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा appeared first on Hitkhabar.

]]>

चैत १३, २०८० । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् ।

मंगलबार ‘नेपाली लोकतान्त्रिक आaन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महशुस भएको बताए ।

उनले भने, ‘नवीन्द्रराज जोशीको अभावको महशुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ । अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढि चाहिएको छ । किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गती र मति भएको मानिस चाहिएको छ । हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ । त्यसलाई कार्पेटभित्र राखेर हुदैँन् । सफा गर्नैपर्छ । हाम्रो मति ठिक बनाउनु पर्छ र लय समाउनैपर्छ ।’

उनले सिंगो समाज परिवर्तनको लागि तयार भएको भन्दै यसको लागि रुपान्तरणको एजेण्डाहरु आवश्यक भएको बताए ।

उनले भने, ‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो तर त्यसलाई चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्छ । त्यसलाई शक्ति बनाउनु पर्नेछ । सिंगो समाज परिवर्तनको लागि तयार छ । तर त्यसको लय समाएर, परिवर्तन गर्नको लागि हामीलाई रुपान्तरणको एजेण्डाहरु चाहिएको छ ।’

दिंवगत नेता जोशीको प्रशंसा गर्दै महामन्त्री थापाले भने,‘नवीन दाईको लागि लोकतन्त्र भनेको जीवन हो । यसको साथै उहाँको अर्को महत्वपूर्ण विषय भनेको लगनशिलता र मेहेनत नै हो । यो कुरा हामीले सधैँ सम्झनामा राख्नुपर्छ । पार्टीमा उहाँको कमि, अभाव अहिले पनि महशुस हुन्छ ।’

सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताए । सत्तारुढ गठबन्धन स्थायी नहुने उनको दावी थियो । कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गरेका थिए ।

The post नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा first appeared on Hitkhabar.

The post नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/gagan-kumar-thapa/feed/ 0
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत https://hitkhabar.com/alliance/ https://hitkhabar.com/alliance/#respond Wed, 13 Mar 2024 13:13:09 +0000 https://hitkhabar.com/?p=25639

फागुन ३०, २०८० । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न

The post प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत first appeared on Hitkhabar.

The post प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत appeared first on Hitkhabar.

]]>

फागुन ३०, २०८० । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्न नपाइने कानून बनाउनुपर्ने या यो व्यवस्था नै खारेज गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन पटक पटक बन्छ । पटक पटक भत्किन्छ । तर यसबाट जनताले चाँही के पाइराखेका छन् ? या त निर्वाचनमा गठबन्धन रोक्नसक्ने ऐन कानून बनाउनुपर्यो नभए यो व्यवस्था नै परिवर्तन गनुपर्यो ।’ जनताबाट म्यान्डेट लिएर आएका नेताहरुले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘यहाँ नेताहरुले राखेका विचारबाट के प्रष्ट हुन्छ भने जुन मत जनताले हामीलाई दिएका छन् । त्यो जनमत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ कहिले उता हाल्नुपरेको छ । यो हामीले बताउन सकिरेहका छैनौं । विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं ।’

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा अर्थतन्त्रका आँकडा प्रस्तुत गर्दैगर्दा राजश्व कति बढ्यो र खर्च कति भयो भन्न किन डराउनुभयो भन्दै प्रश्न गरेका थिए । गौर हत्याण्डका आरोपीसँग प्रधानमन्त्रीसहितका वामपन्थीहरु कुम जोडेर बसेको उल्लेख गर्दैै कारबाही हुन्छ कि हँुदैन भनेर आफूहरु हेरिरेको बताए ।

The post प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत first appeared on Hitkhabar.

The post प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/alliance/feed/ 0
प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त(पूर्णपाठ) https://hitkhabar.com/prime-minister-pushpa-kamal-dahal-4/ https://hitkhabar.com/prime-minister-pushpa-kamal-dahal-4/#respond Wed, 13 Mar 2024 07:07:44 +0000 https://hitkhabar.com/?p=25609

फागुन ३०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात गरेको बताएका छन् । बुधबार

The post प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त(पूर्णपाठ) first appeared on Hitkhabar.

The post प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त(पूर्णपाठ) appeared first on Hitkhabar.

]]>

फागुन ३०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामार्फत विश्वासको मत लिनेक्रममा उनले धोकाको आरोप कांग्रेसले लगाउन नमिल्ने बताए । उनले भने,‘मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।’

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका नेताहरुले अराजनीतिक व्याख्या गरेकोप्रति आक्रोश व्यक्त गर्दै प्रचण्डले आफूमाथि निजी आक्षेप र आक्रमण भएको बताए ।

नेपाली कांग्रेसका नेताहरुले आफूलाई संसदकै रोष्टममा उभिएर राजनेता भनेको स्मरण गर्दै प्रधानमन्त्रीले भने,‘साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ,’ उनले भने,‘निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुनसक्छ ।’

विगतमा नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको उनले उल्लेख गरे ।

‘मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो,’उनले आक्रोश थियो ।

प्रधानमन्त्री प्रचण्डले माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन भन्ने प्रश्न पनि गरे ।

कांग्रेस महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका भएकोउल्लेख गर्दै प्रचण्डले राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्ने बताए ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन
मितिः २०८० पागुन २९ गते

सम्माननीय सभामुख महोदय,

नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु ।
सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिवद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।

प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागे । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।

बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।

मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ ।

सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो वाध्यता रह्यो ।

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु ।

नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।

विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ । मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु ।

यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ ।

सभामुख महोदय,

सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ ।

सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।

संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसदको समर्थन चाहिएको छ ।

म सम्मानित संसदलाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।
सभामुख महोदय,

मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद ।

The post प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त(पूर्णपाठ) first appeared on Hitkhabar.

The post प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त(पूर्णपाठ) appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/prime-minister-pushpa-kamal-dahal-4/feed/ 0
गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण https://hitkhabar.com/nepal-police-headquarters/ https://hitkhabar.com/nepal-police-headquarters/#respond Sun, 10 Mar 2024 10:15:09 +0000 https://hitkhabar.com/?p=25484

फागुन २७, २०८०। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले प्रहरी

The post गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण first appeared on Hitkhabar.

The post गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण appeared first on Hitkhabar.

]]>

फागुन २७, २०८०। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए ।

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।’

The post गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण first appeared on Hitkhabar.

The post गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-police-headquarters/feed/ 0
मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान https://hitkhabar.com/approval-for-acquisition-of-107-97-hectares-of-private-land-required-for-arun-hydropower-project-669-mw/ https://hitkhabar.com/approval-for-acquisition-of-107-97-hectares-of-private-land-required-for-arun-hydropower-project-669-mw/#respond Thu, 19 Oct 2023 11:19:03 +0000 https://hitkhabar.com/?p=20838

कात्तिक २, २०८० । सरकारले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति

The post मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान first appeared on Hitkhabar.

The post मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान appeared first on Hitkhabar.

]]>

कात्तिक २, २०८० । सरकारले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन् ।

उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको छ ।’

The post मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान first appeared on Hitkhabar.

The post मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/approval-for-acquisition-of-107-97-hectares-of-private-land-required-for-arun-hydropower-project-669-mw/feed/ 0
तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह https://hitkhabar.com/everyone-is-advised-not-to-visit-israel/ https://hitkhabar.com/everyone-is-advised-not-to-visit-israel/#respond Tue, 10 Oct 2023 07:08:50 +0000 https://hitkhabar.com/?p=20405

असोज २३, २०८० । परराष्ट्रमन्त्री एनपी साउदले तत्कालका लागि इजरायल भ्रमणमा नजान सबैलाई आग्रह गरेका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध र

The post तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह first appeared on Hitkhabar.

The post तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह appeared first on Hitkhabar.

]]>

असोज २३, २०८० । परराष्ट्रमन्त्री एनपी साउदले तत्कालका लागि इजरायल भ्रमणमा नजान सबैलाई आग्रह गरेका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका आजको बैठकमा उनले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउँदै उनले संवेदनशील अवस्थामा त्यहाँका भ्रमण नगर्न सरकारको तर्फबाट आग्रह गरेका हुन् । उनले भने, ‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ ।’

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै यो अवस्थालाई राजनीतिककरण नगर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं ।’

The post तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह first appeared on Hitkhabar.

The post तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/everyone-is-advised-not-to-visit-israel/feed/ 0