समाचार - Hitkhabar https://hitkhabar.com/category/news/ The new era of Information Mon, 29 Apr 2024 06:33:40 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg समाचार - Hitkhabar https://hitkhabar.com/category/news/ 32 32 इलाम–२ मा सुहाङलाई २६ सय मतको अग्रता https://hitkhabar.com/suhang-nembang-lead-by-2600-votes/ https://hitkhabar.com/suhang-nembang-lead-by-2600-votes/#respond Mon, 29 Apr 2024 05:31:09 +0000 https://hitkhabar.com/?p=28457

वैशाख १७, २०८१ । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्

The post इलाम–२ मा सुहाङलाई २६ सय मतको अग्रता first appeared on Hitkhabar.

The post इलाम–२ मा सुहाङलाई २६ सय मतको अग्रता appeared first on Hitkhabar.

]]>

वैशाख १७, २०८१ । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन् । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदैछ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ ।

जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्बाङले ८ हजार ८९८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पनि ४ हजार ६३४ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार ३०५ मत पाएका छन् । नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले २४०, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले २०९, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४६, नेपाली जनता दलका रेशमबहादुर सुनारले ५२ मत पाएका छन् ।

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बनेका हुन् ।

यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।

The post इलाम–२ मा सुहाङलाई २६ सय मतको अग्रता first appeared on Hitkhabar.

The post इलाम–२ मा सुहाङलाई २६ सय मतको अग्रता appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/suhang-nembang-lead-by-2600-votes/feed/ 0
युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै https://hitkhabar.com/construction-of-the-worlds-largest-airport/ https://hitkhabar.com/construction-of-the-worlds-largest-airport/#respond Mon, 29 Apr 2024 03:18:38 +0000 https://hitkhabar.com/?p=28463

वैशाख १७, २०८१ । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न

The post युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै first appeared on Hitkhabar.

The post युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै appeared first on Hitkhabar.

]]>

वैशाख १७, २०८१ । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ । दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।

दुबईको सरकारी स्वामित्वको एयरलाइन इमिरेट्सका अध्यक्ष शेख अहमद बिन सईद अल–मकतूमले एयरपोर्ट प्रमुख क्यारियर इमिरेट्स र यसको कम लागतको एयरलाइन फ्लाईदुबई, साथै विश्वलाई दुबईमा जोड्ने सबै एयरलाइन साझेदारहरूको लागि नयाँ घर हुने बताए ।

The post युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै first appeared on Hitkhabar.

The post युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/construction-of-the-worlds-largest-airport/feed/ 0
साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ https://hitkhabar.com/kamal-prasad-adhikari-in-cyber-bureaus-trap/ https://hitkhabar.com/kamal-prasad-adhikari-in-cyber-bureaus-trap/#respond Mon, 29 Apr 2024 03:13:06 +0000 https://hitkhabar.com/?p=28459

वैशाख १७, २०८१ ।  अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको

The post साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ first appeared on Hitkhabar.

The post साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ appeared first on Hitkhabar.

]]>

वैशाख १७, २०८१ ।  अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे । वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पु रयाउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्यूरोबाट छिपेन । शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेल समेत साइबर ब्यूरोको निगरानीमा परे, र समातिए ।

यी त केही उदाहरणहरु मात्रै हुन् । अहिले बन्द कोठाभित्र लुकेर इन्टरनेटको अनाधिकृत प्रयोग गर्ने र अपराध गर्नेहरू ठान्छन्, कि घरमा बसेर गरेको अपराध त प्रहरीलाई थाहै हुदैन । तर नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता अपराधीहरुलाई समेत निगरानीमा पार्ने र अनुसन्धानको दायरामा ल्याउने गरेको छ । लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरैजसो अभियुक्तलाई साइबर ब्यूरोले कानूनको दायरामा ल्याइसकेको छ । तर पछिल्लो समय लुकीछिपी अपराध गर्नेहरु प्रहरीको फन्दामा मात्रै परेका छैनन्, यस्तो अपराधको ग्राफ पनि रातारात दोब्बरले बढिरहेको छ ।

ब्यूरोको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै १५ हजार ६ वटा उजुरी परेका छन् । तीमध्ये मुद्दा चलेका ७३ जनालाई ब्यूरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाईबुझाई सहमतिमा ल्याउने गरेको छ ।
प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरा सक्रिय रहेको दाबी गर्छन् ।

उनका अनुसार यी ९ महिनामा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका उजुरी सबैभन्दा धेरै छन् । यो अवधिमा फेसबुक र म्यासेन्जरमार्फत् दुरुपयोगका १२ हजार २९६ वटा उजुरी परेका साइबर ब्यूरोले जनाएको छ ।

भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूवका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६वटा, वेभसाइट ह्याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तिय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा ९ हजार १३ वटा र आर्थिक वर्ष २०७८÷०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९÷०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए ।

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताए ।

सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई हुने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्यूरो स्थापना गरेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थाले साइबर अपराध सम्बन्धी निवेदन दर्ताको चाप बढ्दोक्रममा रहेको बताए ।

‘विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन्,’ उनले भने, ‘अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुस्ख हैरानी दिने घटना पनि देखा परेका छन् ।’

The post साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ first appeared on Hitkhabar.

The post साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/kamal-prasad-adhikari-in-cyber-bureaus-trap/feed/ 0
इलाम–२ मतगणना : सुहाङ बढे अगाडि https://hitkhabar.com/uml-candidate-suhang-nemwang-has-taken-the-lead/ https://hitkhabar.com/uml-candidate-suhang-nemwang-has-taken-the-lead/#respond Sun, 28 Apr 2024 13:58:40 +0000 https://hitkhabar.com/?p=28423

वैशाख १६, २०८१ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सँकिदा एमालेका उम्मेदवार सुहाङ

The post इलाम–२ मतगणना : सुहाङ बढे अगाडि first appeared on Hitkhabar.

The post इलाम–२ मतगणना : सुहाङ बढे अगाडि appeared first on Hitkhabar.

]]>


वैशाख १६, २०८१ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सँकिदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् ।

फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पारेका हुन् ।

यसअघि आइतबार दिउँसोदेखि खड्काले अग्रता लिएका थिए ।

जारी मतगणनाको ताजा अवस्थामा सुहाङले २ हजार ५ सय ४२ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २१ सय ९७ मत ल्याएका छन् । यहाँ अब सुहाङले ३४५ मतको अग्रता बनाएका हुन् ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ५ सय ९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन् ।

The post इलाम–२ मतगणना : सुहाङ बढे अगाडि first appeared on Hitkhabar.

The post इलाम–२ मतगणना : सुहाङ बढे अगाडि appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/uml-candidate-suhang-nemwang-has-taken-the-lead/feed/ 0
‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ https://hitkhabar.com/preparing-to-announce-full-electrification-of-the-country/ https://hitkhabar.com/preparing-to-announce-full-electrification-of-the-country/#respond Sun, 28 Apr 2024 13:52:20 +0000 https://hitkhabar.com/?p=28419

वैशाख १६, २०८१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका

The post ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ first appeared on Hitkhabar.

The post ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै उनले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको दाबी गरे ।

उनले भने, ‘आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । अहिलेसम्म मुलुकका ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसकेको छ ।’

त्यस्तै उनले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताए ।

गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित भएको उनको दाबी छ ।

उनले भने, ‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु ।’

मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी करिडोरमा निर्माण भएका र आगामी दिनमा निर्माण हुने आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन सहज भएको छ ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

The post ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ first appeared on Hitkhabar.

The post ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/preparing-to-announce-full-electrification-of-the-country/feed/ 0
इलाम–२ को मतगणना ११ बजेबाट https://hitkhabar.com/counting-of-votes/ https://hitkhabar.com/counting-of-votes/#respond Sun, 28 Apr 2024 04:33:17 +0000 https://hitkhabar.com/?p=28378

वैशाख १६, २०८१ । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय

The post इलाम–२ को मतगणना ११ बजेबाट first appeared on Hitkhabar.

The post इलाम–२ को मतगणना ११ बजेबाट appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ ।

आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो ।

२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो । मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ ।

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

The post इलाम–२ को मतगणना ११ बजेबाट first appeared on Hitkhabar.

The post इलाम–२ को मतगणना ११ बजेबाट appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/counting-of-votes/feed/ 0
‘गरिब र असहायको उपचार काठमाडौं महानगरले निःशुल्क गर्ने’ https://hitkhabar.com/balen-shah-head-of-kathmandu-metropolitan-municipality/ https://hitkhabar.com/balen-shah-head-of-kathmandu-metropolitan-municipality/#respond Sun, 28 Apr 2024 04:19:07 +0000 https://hitkhabar.com/?p=28371

वैशाख १६, २०८१ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्

The post ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले निःशुल्क गर्ने’ first appeared on Hitkhabar.

The post ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले निःशुल्क गर्ने’ appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन् ।

प्रमुख बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

The post ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले निःशुल्क गर्ने’ first appeared on Hitkhabar.

The post ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले निःशुल्क गर्ने’ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/balen-shah-head-of-kathmandu-metropolitan-municipality/feed/ 0
बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना https://hitkhabar.com/ballot-box/ https://hitkhabar.com/ballot-box/#respond Sun, 28 Apr 2024 03:29:59 +0000 https://hitkhabar.com/?p=28364

वैशाख १६, २०८१ ।  बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा

The post बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना first appeared on Hitkhabar.

The post बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना appeared first on Hitkhabar.

]]>


वैशाख १६, २०८१ ।  बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पुरयाउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यायले जनाएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि रित्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंह लगायत उम्मेदवार छन् ।

The post बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना first appeared on Hitkhabar.

The post बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/ballot-box/feed/ 0
इलाम–२ मा ५७ प्रतिशत मतदान https://hitkhabar.com/as-part-of-the-by-election-the-turnout-was-less-than-expected-in-ilam-region-no-2-on-saturday/ https://hitkhabar.com/as-part-of-the-by-election-the-turnout-was-less-than-expected-in-ilam-region-no-2-on-saturday/#respond Sat, 27 Apr 2024 13:17:57 +0000 https://hitkhabar.com/?p=28339

वैशाख १५, २०८१ । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको

The post इलाम–२ मा ५७ प्रतिशत मतदान first appeared on Hitkhabar.

The post इलाम–२ मा ५७ प्रतिशत मतदान appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ ।

मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए ।
मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ । मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

The post इलाम–२ मा ५७ प्रतिशत मतदान first appeared on Hitkhabar.

The post इलाम–२ मा ५७ प्रतिशत मतदान appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/as-part-of-the-by-election-the-turnout-was-less-than-expected-in-ilam-region-no-2-on-saturday/feed/ 0
युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग https://hitkhabar.com/6-billion-in-military-aid-available-to-crane/ https://hitkhabar.com/6-billion-in-military-aid-available-to-crane/#respond Sat, 27 Apr 2024 13:13:00 +0000 https://hitkhabar.com/?p=28335

वैशाख १५, २०८१ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब

The post युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग first appeared on Hitkhabar.

The post युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ । जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ । प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुको सहयोगले युक्रेनलाई रुसको हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका हुन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ । पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने पनि बताए । यो सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी–ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ । विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अमेरिकी रक्षामन्त्री अस्टिनले बताए ।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेज अन्तर्गत रहेको पेन्टागनले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गर्दै रुससँगको लडाईका लागि अझै धेरै वायु रक्षा प्रणाली आवश्यक पने बताए ।

The post युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग first appeared on Hitkhabar.

The post युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/6-billion-in-military-aid-available-to-crane/feed/ 0