स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Sharing is caring!

भदौ २८, २०८० । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुनेछ । नेकपा एमाले पार्टी कार्यलयका अनुसार शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म रहेको छ ।

मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *