काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

Share this news:

असार १०, २०८१ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बेजट वक्तव्य प्रस्तुत गरकी हुन् ।

डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको जानकारी दिएकी हुन् ।

‘काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी कूल रु २५ अर्व ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौं । यस अन्तर्गत काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल रु १ अरब ५० करोड रहेको छ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ’, बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख डंगालले भनिन् ।

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजना अन्तर्गत ढल हित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरु प्रस्ताव गरेको छ ।

पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले विनियोजन गरेको छ । जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ ।

सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको डंगालले बताइन् ।

महानगरपालिकाले चालु आर्थिकका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *