काठमाडौं महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे

Share this news:

जेठ २१, २०८१ । न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबिच विवाद बढेको छ । कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन् ।

सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो । महानगरका प्रहरीले सडक कालोपत्रे कार्यमा बाधा पुर्याउन कालोपत्रे रोक्ने कार्यमा नगर प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए ।

सोही क्रममा सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिविना महानगरपालिकाले सडक भत्काएकाले आफूहरुले कालोपत्रे गर्न थालेको बताए ।

उनले भने, ‘यो सडक हामीले हेर्ने हो । यसको मर्मत पनि हामीले गर्दै आएका छौ । कुनै निकायले कुनै गतिविधि गर्दा हामीसँग समन्वय गरेर गर्नुपर्छ । हामीसँग अनुमति लिनुपर्छ । यो हाम्रो कार्यक्षेत्र हो यहाँ हाम्रो अनुमतिविना कुनै पनि कामहरु गर्न पाइदैँन् । सडक बिग्रिएको हुनाले यसलाई पुन स्थापना गर्न आएको हो ।’

विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल पनि भएको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम थालेको थियो । सोहि विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पषटीकरणसम्मको तनावको स्थिति पैदा भएको थियो।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *