यु १९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई

Sharing is caring!

पुस १, २०८० । यु १९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । दुबईमा आज भएको फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

समूह चरणमा पनि युएईमाथि बंगलादेश नै हावी भएको थियो । युएईले पाकिस्तान र बंगलादेशले भारतलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त गरेका थिए ।

दुबईमा आज टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । बंगलादेशको सुरुआत राम्रो नभए पनि ओपनर अस्कुर रहमान सिवालीले शतकीय पारि खेलेका थिए ।

पहिलो विकेटको रुपमा जिसन आलम ७ रन बनाएर आउट भएपछि सिवाली र चोदुर मोहम्मद रिजवानले पारि सम्हालेका थिए । शिवालीले १२९ रनको शतकीय पारि खेल्दा चोदुर मोहम्मद रिजवानले ६० रनको साझेदारी गरे ।
बंगलादेशका लागि अर्का खेलाडीले अरिफुल इस्लामले पनि ५० रनको योगदान गरे ।

त्यसबाहेक कप्तान मोफजुर रहमान राबेले २१ रन जोड्दा अरुले भने राम्रो प्रदर्शन गरेनन् । युएईका आयमान अहमदले सर्वाधिक ४ विकेट लिँदा ओमिद रेहमानले २ विकेट लिए । २८३ रनको लक्ष्यसहित मैदान उत्रिएको युएई २४.५ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा रोकियो । युएईका लागि ध्रुव परासरले सर्वाधिक नटआउट २५ रन बनाउँदा अक्सत राईले ११ रनको पारि खेले । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि मारुफ मरिदा र रोहनत दुलाह बोरसनले तीन तीन विकेट लिँदा इकबाल होसेन इमोन र सकिव परवेज इमोनले दुई दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *