अबको ५ वर्षपछि डाक्टर र नर्स खोज्नु पर्ने अवस्था आउँछ : मन्त्री बस्नेत

Sharing is caring!

असोज २३, २०८० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन नगरे देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भएको बताए ।

उनले भने, ‘शिक्षा क्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो । त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो । अबको ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने दिन आउँछ । ’

हामीले गरेको पहलले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको उनको भनाई छ ।
उनले नेपाललाई मेडिकल हब बनाउनु पर्ने र त्यसको लागि अगाडि बढ्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *