छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी

Sharing is caring!

वैशाख ४, २०८१ । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् ।

फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् ।

फिल्मका लागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलोस्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।

सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।

फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा यसलाई दर्शकमाझ ल्याउने योजनामा छन् ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *