एससीसी प्रियिमर कप : मलेसियालाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

Sharing is caring!

चैत ३०, २०८० । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए ।

मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए ।

त्यस्तै, मुहमद अमिरले १६ रन बनाएका थिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा अभिनास बोहराले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *