माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

Sharing is caring!

माघ २२, २०८० । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । आजै दिउँसोदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ ः ३० बजे बस्दैछ । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित हुने कार्यक्रम छ ।

हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *