त्रिशुलीमा बस खस्यो, १२ जना घाइते

Share this news:

जेठ ३२, २०८१ । चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्दा १२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्क्षा कामना गाउँपालिका –३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

‘प्रारम्भिक विवरण अनुसार कारमा सवार ५ जना र बसमा चालकसहित ३५ जना यात्रु सवार रहेछन् । सो मध्ये ११–१२ जना घाइतेको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा पठाइएको छ,’ डिएसपी भण्डारीले भने । उनीहरुमध्ये कारमा सवार तीन जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट खोलामा झरेको छ । भण्डारीका अनुसार बसमा सवार अन्य यात्रु सामान्य घाइते छन्, सबैको विवरण खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *