नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

Sharing is caring!

पुस २४, २०७५ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पौडेललाई नियुक्त गरिएको हो।

पौडेल उदयपुर सिमेन्टको महाप्रबन्धकबाट सोमबारमात्र राजिनामा दिएका हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए। आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट उनलाइ नियुक्त गरेको छ। गोपालबहादुर खड्का अनियमितताको आरोप लागेर निगम छोडेपछि निमत्तको भरमा  निगम चलिरहेको थियो।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *