सरकार र सीके राउतबीच ११ बुँदे सहमति

Sharing is caring!

फागुन २४, २०७५ । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

बिहिबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतबीच सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

११ बुँदे सहमतिहरु:

१. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. विखण्डनवादी क्रियाकलाप रोक्ने
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *