सञ्जिबकुमार शर्मा र निराजन पौडेल अवैतनिक वाणिज्यदूतमा नियुक्त

Share this news:

असार १०, २०८१ । सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिबकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

त्यस्तै, सरकारले आजदेखि बुधबारसम्म काठमाडौंमा हुने नेपाल र चीनबीच द्धिपक्षीय परामर्श संयन्त्रको सोह्रौं बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरि उक्त बैठकको कार्यसूची स्विकृत गर्ने निर्णय समेत गरेको छ ।

मन्त्री शर्माले, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको सिफारिसमा धादिङमा १५ सैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको भवन निर्माण र सरावन गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्विकृती दिने निर्णय गरेको जानकारी दिएकी छिन् ।

उनले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई वैदेशीक भ्रमणका लागि स्विकृती दिएको जानकारी पनि दिएकी छिन् ।

उनले भनिन्, ‘युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रमका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशीक भ्रमण स्विकृत गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो ।

‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ’, शर्माले भनिन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *