संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

Sharing is caring!

भदौ २, २०७५ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता ८० वर्षीय कोफी अन्नानको आज निधन भएको छ ।

सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ ।

उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुनुहुन्छ । । उहाँले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व गर्नुभएको थियो।

उहाँले  सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *