श्रीलंकाको संसदमा समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट

Sharing is caring!

कात्तिक २९, २०७५ । श्रीलंकाको संसदमा बिहिबार प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको समाचारहरुमा जनाइएको छ ।

राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि विवाद हुँदै झडप भएको हो ।

बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि नै आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

राजापाक्षेले सभामुखसँग ध्वनीमतबाट आफूलाई हटाउने अधिकार नरहेको दाबी गरेका छन् ।  तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको  निर्णय गर्न नहुने बताएका थिए ।

राजापाक्षे समर्थक सांसदहरुले सभामुखलाई आक्रमण गरेपछि राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *