श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त

Sharing is caring!

कात्तिक १०, २०७५ । शुक्रबार श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस अघि युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री थिए।  ।

श्रीलंकाली सञ्चारमाध्यमका अनुसार यी दुई पार्टीबीच गत फेब्रुअरीमा भएको स्थानीय चुनाव यता विवाद बढ्दै गएको थियो।

पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा मनमुटाव चलिरहेको थियो ।

राजापाक्षे सन् २००५ देखि २००१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए भने सन् २००४ मा एक वर्षका लागि पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *