वैदेशिक लगानी: नेपाल १४५औँ स्थानमा

Sharing is caring!

चैत ११, २०७५ । हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ । नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ ।

 युनिलिभरको १ हजार २ सय ७० प्रतिशतसम्म लाभांश 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल सबैभन्दा बढी लाभांश बाँड्ने कम्पनी हो । उसले आर्थिक वर्ष ०७३/७४ मा १ हजार २ सय ७० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, गत आव ०७४/७५ मा उसले ७ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाली सेयरबजारमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी पनि युनिलिभर नै हो । उसको प्रतिसेयर मूल्य १९ हजार ३ सय ८० रुपैयाँ छ ।  युनिलिभर नेपालमा हिन्दुस्तान लिभर लिमिटेडको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयर छ ।

 कोकाकोलाका दुई कम्पनी : दुवैको लाभांश उच्च

नेपालमा कोकाकोला उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन्– बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड । यीमध्ये बोटलर्स नेपाल तराई लिमिटेड सबैभन्दा उच्च सेयरमूल्य हुने कम्पनीमध्येमा पर्छ । यसको सेयरमूल्य ६ हजार ४ सय ९८ रुपैयाँ छ । विगत सात वर्षमा यो कम्पनीले ८५ प्रतिशतसम्म लाभांश बाँडेको छ ।

आव ०६८/६९ मा उसले त्यो लाभांश बाँडेको हो । गत आव ०७४/७५ मा उसले ४० प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै, बोटलर्स नेपाल बालाजु लिमिटेड पनि उच्च प्रतिशत लाभांश बाँड्ने कम्पनीमा पर्छ । आव ०६८/६९ मा उसले ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत आव ०७४/७५ मा भने उसले २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको सेयर मूल्य १ हजार ६ सय ९८ रुपैयाँ छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *