विश्वकप फुटबल: सर्वियाद्वारा कोष्टारिका पराजित

Sharing is caring!

असार ३, २०७५ ।  रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ ।

समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेपनि खेलको दोस्रो हाफमा भने कोष्टारिका गोल खान पुगेको थियो ।

अहिले दोस्रो खेलमा जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गरिरहेको छ । आजको तेस्रो खेल राति ११ः४५ बजे ब्राजिल र स्वीट्जरल्यान्डबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *