विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

Share this news:

जेठ २३, २०८१। सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरुलाई तालिम प्रदान गर्ने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खासुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरीरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु र स्वयमसेवामा खटिने मानिसहरुको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जनकारी दिए ।

उनले भने, ‘विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु स्वमसेवामा खटिने मानिसहरुको जोखिलाई पनि ध्यानमा राखेर उहाँहरुलाई तालिमको व्यवस्था गर्न यसैसाता सम्बन्धित निकायले जोड लगाउनुभएको छ । तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंमसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यस्था मिलाएका छौं ।’

उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीरताकासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए । गृहमन्त्रीका अनुसार कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढि र विपद् सम्बन्धी सुचना पाउन सकिने छ ।

उनले भने,‘हामीले खासगरी खाद्य सामग्रि एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौं । सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीरताकासाथ लिएका छौं । जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने कुराको पनि जानकारी गराउँछु । आजैबाट मनसुनबारे पैसा नलाग्ने ११४९ नं.मा फोन गरेर बाढि सम्बन्धी सुचना पाउन सकिने छ ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *