आज बुद्ध जयन्ती नेपालसहित विश्वभर मनाइदै

Sharing is caring!

जेठ १०, २०८१ । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् ।

जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने गौतम बुद्धको पवित्र जन्मभूमि क्षेत्र लुम्बिनीमा विभिन्न कार्यक्रम हुँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने चलन छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने ।

२९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *