वायु सेवा सुरक्षाका लागि गम्भीर छौं : संचालक

Sharing is caring!

साउन १२, २०८० । वायु सेवा संचालकहरुले आफूहरु वायु सेवा क्षेत्रको सुरक्षाका लागि गम्भीर रहेको बताएका छन् ।
हवाई उड्डयनको वर्तमान अवस्था चुनौती र अवसर सम्बन्धमा आयोजित कार्याशाला गोष्ठीमा बुद्ध एयरका संचालक विरेन्द्र बस्नेतले आफूहरु पछिल्लो दुर्घटना पछि झनै गम्भीर बनेको बताए । साना तिना समस्या आउने तर त्यसलाई कम गर्न सक्दो प्रयास गरिएको उनको दाबी छ ।

उनले भने, इलेक्ट्रोनिक मोनिटरिङ सिस्टम इन्जिनको फास्ट इत्यादी सिस्टमहरु चै प्राथमिकता दिएका छौं । जसले रियल टाइम मोनिटरहरु हुन्छ । एक्सिडेन्ट हुनु भन्दा पहिले सानो सानो हिल्चेजहरु आउँछ । उनले भने,हामीहरुको सिभिल एभिएसनको सेफ्टी डिर्पाटमेन्टसंग एकदमै राम्रो नङ मासु जस्तो इन्टर्याक्सन छ । र हामीहरुले उहाँहरुसंग इन्टरयाक्सन गरेर हाम्रा सेफ्टी कर्नसर्नहरुलाई हामी समाधान गर्दछौ ।

अर्का वायु सेवा संचालक क्याप्टेन रामेश्वर थापाले, सरकारले तोकेको भ्याट तिर्न नसकिने बताए । एभिएसन क्षेत्रलाई सरकारले राम्रो व्यवहार गर्न नसकेको दुखेसो गरेका उनले सरकारले बजेट निर्माणका क्रममा आफूहरुसंग छलफल नगरेको भन्दै असन्तुष्टि पोखे ।

पुँजीगत र्खचको हकमा भ्याटमा हामी नेगेटिभ कोही पनि होइन् । सर्भिसमा भ्याट दिन तयार छौं । यो टिकटबाट उठाएर तिर्ने भ्याट हो । तर यसको प्रक्रियाको कुरा थुप्रै बाँकी नै छ । कसरी गर्ने के गर्ने । आजसम्म हामी भ्याटमा गएकै छैनौं रजिष्टर नै छैनौं ।

नेपालको एभिएसनमा निजि क्षेत्रको प्रवेश भएको ३० वर्ष कटेको भन्दै यसको नियमन गर्ने संस्था अरु नै रहेको भन्दै पुँजीगत खर्चमा भ्याट लगाउने कुरामा भने आफूहरुको सहमति नरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *