राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लाग्यो : चित्रबहादुर केसी

Sharing is caring!

साउन १९, २०८० । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८०को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको टिप्पणी गरे ।

शुक्रवार समितको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उनले भने ,अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्तानै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्ति भन्दा पनि सत्ता नै लुटपाटमा लागेपछि गाह«ो छ । तर हरेस खानुहुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *