राजनीति संरक्षणमा चुरे दोहन : मुख्यमन्त्री राउत

Sharing is caring!

जेठ १३, २०७५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत राजनीति बेइमानिका कारण चुरे संकटमा परेको बताए । अन्य प्रदेश भन्दा जनसंख्या बढी भएपनि सबै भन्दा कम रहेको जंगल पनि दलको वेइमानिका कारण फडानि भएर सिद्धिने अवस्थामा रहेको बताए ।

फडानि भएको देखेपनि रोक्ने र कारवाहि गर्ने अधिकार छैन, उनले भने । करोडको खेलमा क्रसर फस्टाउदा चुरेको भविष्य संकरमा परेको उनले बताए ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले जनकपुरमा अयोजना गरेको चुरे–तराई संरक्षण तथा व्यवस्थापन तथा परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री राउतले टेबलमा नारा र सिद्धान्त बनाउने राजनीति दल व्यवहारमा फाइदाको नियतले काम गर्दा चुरे दोहन बढेको आरोप लगाए । चुरे संरक्षण्कालागि नारा भन्दा पनि प्रतिबद्ध हुनु आवश्यक छ, राउतले भने,‘ संघिय सरकार चुरे संरक्षणको सवालमा बेइमान छ । प्रदेश सरकार इमन्दार भएर चुरे संरक्षणकालागि प्रतिबद्ध छ ।’ चुरे संरक्षणकालागि गोष्ठि, सेमिनारमा राज्यको लगानि लगउदा चुरे झन दोहन भएको बताउदै चुरे संरक्षणकालागि राजनीति प्रतिबद्धतासंगै दिर्घकालिन संरक्षण योजनामा राउत जोड दिए ।
राजनीति दलकै सरंक्षण पाएर चुरे दोहन भएको म प्रत्यक्षदर्सी छु, राउतले भने,‘क्रसर उद्योगलाई वन मन्त्रालयले चुरे दोहन हुन नदिन निकासी रोक्दा उद्योग मन्त्रलायले निकासि खोल्न अनुमति दिए । एक मन्त्रालयले रोक्दा अर्को मन्त्रलायले क्रसर व्यवसायिबाट करोड अटने ब्रिफकेश लिएर खोल्ने आट कहाबाट आयो । चुरे जोगाउन राजनीतिदल इमन्दार हुनु पर्छ ।’ करोडको खेलमा क्रसर फस्टाउदा चुरे संरक्षण गोष्ठिमा सिमित भएको उनले आरोप लगाए ।
प्रदेश २ का आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अन्न भण्डार मधेसको उब्जाउ उर्वर भुमि जोगाउन चुरे संरक्षणकालागि आवश्यक निति बनाउन प्रदेश सरकार तयार रहेको बताए । चुरे संरक्षणकालागि प्रदेश सरकर कडा बानुन ल्यउने तयारीमा छ, मन्त्री यादवले भने,‘चुरे दोहनले मधेसंग संगै भरतमा समेत समस्या हुने भएकोले .संघिय सरकारको नीति प्रष्ट हुनु पर्ने बताए । चुरे संरक्षण मानव रहित कि मनाव बिहिनको रुपमा अगाडी बढाउने प्रष्ट हुनु पर्छ ।’ चुरे क्षेत्रमा अबैध बसोवास गर्नेलाई सरकारले लालपुर्जा पनि दिने र चुरे संक्षणको लागि निति पनि बनाउने दोधारे नियतले चुरे संरक्षण हुन सक्दैन उनले भने । चुरे दोहनले मधेस कंगाल भएर मधेसमा पानी पिउने कल र इनार सुक्न थालेको उनले बताए ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष बिरेन्द्र यादव जनसंख्या बढी भएको तर रिसोर्ष कम भएको प्रदेश २ मा चुरे संरक्षण गरी समृद्धिको अधार बनाउन सकिने बताए । प्रदेशको समृद्धिकालागि प्रतिकुलतामा अनुकलता ल्याउनु आवश्यक रहेको बताउदै यादवले अन्र्तराष्ट्रिय वतावरण दिवस जुन ५ का दिन प्रदेश सरकारले चुरे संरक्षणकालागि महत्वपुर्ण प्रतिबद्धता आउनु पर्ने सुझाव दिए । वर्षामा बाढी, डुवान, जाडोमा हुस्सु, शितलकर र गर्मी अध्यधिक गर्मीले मधेस प्राकृति विपतको जोखिममा रहेकोले जोखिम न्युनिकरणकालागि चुरे संरक्षण आवश्यक रहेको उनले भने । प्रदेश २ का सरकार, सांसद, विज्ञलाई राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकासका सदस्य सचिव हेम अर्याल र डा.नागेन्द्रप्रसाद यादवले चुरे तराई संरक्षण तथा व्यवस्थापन गुरुयोजना, नीति र कार्यक्रम तथा भवानि प्रसाद खरेलले नदी प्रणाली श्रोत व्यवस्थापन बारे जानकारी गराएका थिए । प्रदेश २ मा ५४ लाख ४ हजार १ सय ४५ जनसंख्याकालागि जंगलको ४.३६ प्रतिशत मात्र छ ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *