‘रंगेहात पक्राउ पर्ने अपराधीलाई सीधै इन्काउन्टर’

Sharing is caring!

वैशाख २६, २०७५ । प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले रंगेहात पक्राउ पर्ने अपराधीलाई सीधै इन्काउन्टर गरिने चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भई आएका श्रेष्ठले पत्रकारसँग पहिलो भेटघाटमा यस्तो चेतावनी दिएका हुन् ।

प्रहरी उपरीक्षक विकासराज खनाल ३३ किलो सुन काण्डमा निलम्बनमा परेपछि प्रहरी प्रधान कार्यालयले श्रेष्ठलाई मकवानपुरको प्रमुख बनाएर पठाएको हो । जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकै दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जघन्य अपराधमा रंगेहात पक्राउ पर्ने अपराधीलाई पक्राउ परेकै स्थलमा इन्काउन्टर गर्ने चेतावनी दिए ।

‘बलात्कार, हत्याजस्ता जघन्य अपराधमा रंगेहात पक्राउ पर्ने अपराधीलाई त्यसै स्थलमा इन्काउन्टर गरिनेछ ।’ उनले भने ‘मैले बोलेको मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्नेछु ।’ प्रहरी उपरीक्षक श्रेष्ठले मकवानपुरलाई अपराधरहित जिल्ला बनाउन आएको स्मरण पनि गराए । यसका लागि कुनै कुरामा सम्झौता नहुने उनले प्रस्ट पारे । उनले प्रदेश ३ को राजधानी भएको जिल्लामा गुण्डागर्दी, लागुऔषध कारोबारी र फरार अपराधीलाई पक्राउ गर्न सक्रिय रहने प्रतिबद्धता जनाए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *